Monday, November 23, 2009

मेरो प्रतिज्ञा

मध्यदिनमा जब तिमी
निर्लज्ज सवालहरु गछ्र्यौ
म बिस्तारै
तिम्रा हत्केलाहरु सुम्सुमाउँछु
कारण :
तिमीले भुलिसकेको
मेरो वर्तमान
अन्धकारलाई चिरेर हिडेको
एउटा सानो आगोको झिल्को
आज राँको बनेर सल्कदैछ
मेरो प्रतिज्ञा
त्यहि राँकोमा म आज
आफ्ना कुपुत्रहरुलाई डढाउन चाहन्छु ।

उत्तरहिन प्रश्नका सवालहरुमा
तिमी जहिलेपनि
आफ्नै ईश्वरलाई जोड्छ्यौ
ईश्वर :
म मान्दिन तिनका
नौटङ्की चटकहरु
मैले कैयौ बुँद पसिनाका दानाहरु
तिनैको आकृतिमा चढाईसकेको छु
तापनि
म तिनैको भाषामा
अछुत भएर बाचिरहेको छु
मेरो प्रतिज्ञा
म तिम्रो ईश्वरका मुखहरुमा
आगोको मुस्लो कोच्नेछु
र हेरिरहनेछु
तिम्रो ईश्वर आफ्नालागी
के चाहि गर्दा रहेछन् ।

इतिहासको साक्षि भन्दै
तिमी समयलाई थम्याउछ्यौ
समय,
रगतको प्याला पिउन पल्केको समय
मेरो समिपमा बुख्याचा बनेर आउछ
र धमनीहरुमा पौडि खेल्दै
मस्तिष्कमा विष्फोट गराउछ
मेरो प्रतिज्ञा
यी हत्यारा समयहरुलाई
म सेतो परेवा बनेर ठूँगीरहनेछु
तिमी हेरिरहनु
निरन्तर...। निरन्तर...॥

Wednesday, November 11, 2009

म आज बोल्छु

म आज बोल्छु कराउँछु चिच्चाउँछु………………………… यस्तै यस्तै आवाज सुनिरहेको थिएँ ।आवाज कसको हो ठम्याउन मुस्किल परिरहेको थियो ।ठूलो महलबाट सुनेको आवाज भएकाले ठम्याउन मुस्किल परेको हो ।sुन किसिमको अभाव हुदैन भन्ने सोचाइको बिरुद्ध थियो सायद ।बाल शोसण अत्यचार र खानपीनको अभाव महलमा काम गर्नेहरुको पर्याय नै हुन् यस्ता अभावहरुले जन्माएको आवाज पक्कै होइन मनमनै गुन्दछु। अवाज झनझन चर्काे सुनिदै थियो आकाश गुाजयमान थियो हत्यारा अत्यचारी………। ………॥ खै के के हुन् के के ।समस्या पुरानै थियो फरक समस्या गुाजयमान थियो । गुाजयमान यस अर्थले कि खुल्ला ह्दयले सबैलाई सुनाइरहेका थिए । धेरैले सुने थोरैले बुझे शायद कमैले गुने होला त्यो कुरा । जे होस् विदेशी हस्तक्षेप निरार्थ देखिएको त्यो बखत मौन बस्नु नै उचित ठान्दै त्यहाँको कहानी सुनीनै रहे । आवाज त झन् बेजोड भयो लाग्दथ्यो बिलाशीताका महल तोडिदैछन् । बेलाबेलामा चिहाउछु तस्बिर त्यति प्रस्ट देखिदैनथ्यो तस्बिरको निहुमा नजिक जाने अवसर पाउथ्ये । अवसर पाउनु ठूलो कुरा होइन उपभोग गर्नु ठूलो कुरा हो भने विचार बोकेकाले नै होला् बिनासंकोच अघि बद्ढछु । तर अहिले सोच्न विवश भएको छु । ती महलहरु तोडिए भने …………………… महलका फोहोर भित्रनिसा सिन विवश हुने त होइन …………………… जे होस् पाएका अवसरहरु गुम्न दिने छैन ।

सडकमा गुड्न खोज्ने कुकुरहरु

नमस्कार
नमस्कार भन्दै भुक्ने कुकुरहरु
एक्कासी
गडगडाउदो खहरेको भेलसँगै
सडकमा गुड्न खोज्दा
गुड्न कँहा पाँउदो रहेछ र
मान्छेको मासु चपाउदै
वियर र ह्वीस्कीको प्यालासँग
लडबडाउनेहरु आज
पिँध खिइएको डुङ्गा बोकेर
भेलसँग लडबडाउन विवश छन्
जीउनुका सार नभएका ती कुकुरहरु
स्वच्छ पानी देखेर
डराउन थालेछन्
हो
नपत्याए सोध्नुहोस्
फलामको चिउरा चपाउन बाध्य
त्यो ब्वासोलाई
असरल्ल आफ्नो चिडिया घर
कुरीरहेछ
अझैपनि ति कुकुरहरु
बाघको छाला ओढेर
समानता र सत्भावको मागपत्र प्रस्तुत गर्दै
विदेशी कुकुरहरुको सभ्यता सँगै
हिड्न विवश छन्
सडकमा गुड्न चाहने कुकुरहरु ।