Thursday, December 31, 2009

अज्ञान

एउटा सानो देश त्यसको विकट क्षेत्र अनी त्यहा बस्ने दुखी शोसीत र अनभिज्ञ मानिसहरु । यस्तै मानिसहरुको प्रतिनीधि पात्र हुन हरिमाया । करीब करीब तिन बीस उमेर भएकी हरिमायाको एक्लो छोरो ज्ञानबहादुर । दुर्गम क्षेत्र भएकाले समाचारको स्रोत भनेको रेडियो नै थियो तर पनि सहरबाट कोहि गाउ गएको बेला पत्रिका लिएर जाने गर्दथे । एकदिन पल्लो घरको रामेले सहरबाट पत्रिका लिएर गएको रहेछ । त्यस पत्रिकामा ज्ञानबहादुरको फोटो छापिएको थियो बुढि हरिमाया खुसी हुन्छिन आफनो छोरोको फोटो छापिएको देखेर गाउका सबैलाई देखाउछिन र त्यो फोटोलाई आफनो सुत्ने कोठामा टाँसेर राख्छिन् । तर अज्ञान ति बुढी आमालाई के थाहा आफनो छोरो दोहोरो भिडन्तमा परेर सहिद भएको कुरा । जब समाचारमा आफनो छोरा मारिएको खबर सुन्छिन उनी छाँगाबाट खसेजस्ती हुन्छिन । रुन कराउन थाल्छिन एक्लो छोरो मरेकि हरिमाया अचेत हुन्छिन ।