Sunday, February 28, 2010

घडी

फनफनी घुमीरहेछौ
घडीका तीन सुई
म मोटो
त्यसैले अडिक छु
जनताको हितमा
तिमी मझैलो
कहिले यता-कहिले उता
नाचीरहन्छौ
प्याण्डुलम झै
उ साह्रै दुब्लो
बिचरा आफै असक्त छ
त्यसैले बुइ चढ्दै छ
मझैलाहरुको
उकुसमुकुस हुदै
निचोरीदै ।

हामी तीन
मान्न तीन
तीन
तीन एक भयौं
सबैले बुझे
मध्यदिन भयो
रातो लालीमा
माथी चढ्यो र
खुल्ला आकासहरुमा
बिस्कुन झै फिजीदै थ्यो त्यो ।

फेरी
तीन एक भयौं
सबै मस्त सुतिरहे
मध्यरात भयो
तिमीहरु
बिस्तारै सल्बलायौ
घँटिहरुमा एन्टीना झुन्डाउँदै
बिस्तारै पस्यौ
आफ्नै खाटमनीका
अन्धकार गुफाहरुमा
राष्द्रवादी मुकुट टल्काउँदै
आफ्नै ह्रदयभित्रको
धड्कनहरु चोर्नलाई

फेरी घुम्दै
तीन एक भयौं
तिमीहरु मस्त सुतिरहयौ
आकास कालाम्य भयो
राष्ट साघुरीदै आयो
म मसाल बालेर
तिम्रा मसिेतष्क भित्रका
अन्धकार चिर्दै
एन्टीनाहरु जलाउँदै आएँ
अब आकास
एक्काएक चम्किदै छ
राष्द्र दशगजातीर फैलिदै छ ।

अन्धकार रातमा

अन्धकार रातमा सुनको सपना कसले हो देखेको?
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको?
कहाँ हो किनेको?

पट्पटि फटे सहिदका सपना बिसु्र म कसरी
बल्झन्छ नशा तातिन्छ रगत रिस उठ्छ बेसरी
अनन्त आकास निस्वार्थ मन कसरी बझाउनी
विदेशी संगीत डिस्को र डान्समा कसरी रमाउनी
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको
कहाँ हो किनेको?


डँफे चरी विरह गाउँछ सुनैलो बिहानी
एक मख कावा वफदार विश्व चीलरैछ रैथानी
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको
कहाँ हो किनेको?

अन्धकार रातमा सुनको सपना कसले हो देखेको?
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको?
कहाँ हो किनेको?