Monday, February 21, 2011

तिमी

तिमी पागल भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ भरमा बाँचिरहेको छु

तिमी घायल भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ पिडामा हाँसिरहेको छु

तिमी करुप भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ सन्दरतामा अझिरहेको छु

तिमी बलात्कृत भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ निम्ती यौवन जोगाइरहेको छु

तिमी पागल भएकी छौ
तिमी घायल भएकी छौ
तिमी करुप भएकी छौ
तिमी बलात्कृत भएकी छौ
तिमी
तिमी ए! राष्ट्रियता
सवाङ्घ नाङगो भएकी छौ