Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Sunday, February 28, 2010

अन्धकार रातमा

अन्धकार रातमा सुनको सपना कसले हो देखेको?
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको?
कहाँ हो किनेको?

पट्पटि फटे सहिदका सपना बिसु्र म कसरी
बल्झन्छ नशा तातिन्छ रगत रिस उठ्छ बेसरी
अनन्त आकास निस्वार्थ मन कसरी बझाउनी
विदेशी संगीत डिस्को र डान्समा कसरी रमाउनी
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको
कहाँ हो किनेको?

डँफे चरी विरह गाउँछ सुनैलो बिहानी
एक मख कावा वफदार विश्व चीलरैछ रैथानी
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको
कहाँ हो किनेको?

अन्धकार रातमा सुनको सपना कसले हो देखेको?
सत्ताका सिरक यी चिसो रातमा कहाँ हो किनेको?
कहाँ हो किनेको?