पृथ्वी को मध्ये भागबाट
कालो झन्डा फर्फरौदै
आवाज गुन्जायमान भयो
मुर्दाबाद !
पृथ्वी टक्क रोकिय झै भयो
गुडिरहेका गाडीहरु रोकिय
नेव्योर्क, पेरिस, लण्डन जस्ता सहरहरु
अस्तबेस्त भयो
काला जति हाँस्य
गरिब भनियक रमाए
भोका खान थाले
स्त्री जति बोल्न थाले
तर
ठिक तेही समय
नेपाली परिवेस चली नै रहयो
जस्ता को तेस्तै
नपुंसक रोबेर्ट को परिचय दिदै- सदन
बसन्त ऋतु को अत्तर छर्दै - बागमती
सामाजिक संस्कार सिकाउदै - घुस्पेट
युबा शक्ति को सदुपयोग गर्दै - बेरोजगार
................................
................................
एस्तै एस्तै
परिचय दिदै चिनियो
संसारकै आश्चर्य रंगमंच ।
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts
Wednesday, January 8, 2014
Friday, May 6, 2011
रुपशिखा
एकहातमा सगुन
अर्कोमा संसार जित्ने आत्मविश्वास
ए रुपशिखा मेरी रुपशिखा
यो काकाकुल बस्ति हो
पिरतीको मिठो सुगन्धा
सुस्म अति सुस्म
कठोर अति कठोर
हृदय पगाल्ने साहस गर्दछ
रुपशिखा
हो म काँचो माटो खान्छु
तिमी पकाएर खान्छौ सायद
तर कुनै भिन्नता छैन
तिम्रो सुन्दरता
तिम्रो रुप
रुपशिखा
मेरो हृदय
तिम्रो हृदयको लिलामि लिन तमतयार छ
रुपशिखा
तिम्रो हृदयको लिलामि लिन
न कुनै जंगेको तरवार खोस्नु पर्छ
न त कुनै गान्धीका सभ्यताहरुमा लट्पटीनु पर्छ
रुपशिखा
हो
हिट्लरका अस्तुहरु भेटिने
म काँचो माटो खान्छु
अर्कोमा संसार जित्ने आत्मविश्वास
ए रुपशिखा मेरी रुपशिखा
यो काकाकुल बस्ति हो
पिरतीको मिठो सुगन्धा
सुस्म अति सुस्म
कठोर अति कठोर
हृदय पगाल्ने साहस गर्दछ
रुपशिखा
हो म काँचो माटो खान्छु
तिमी पकाएर खान्छौ सायद
तर कुनै भिन्नता छैन
तिम्रो सुन्दरता
तिम्रो रुप
रुपशिखा
मेरो हृदय
तिम्रो हृदयको लिलामि लिन तमतयार छ
रुपशिखा
तिम्रो हृदयको लिलामि लिन
न कुनै जंगेको तरवार खोस्नु पर्छ
न त कुनै गान्धीका सभ्यताहरुमा लट्पटीनु पर्छ
रुपशिखा
हो
हिट्लरका अस्तुहरु भेटिने
म काँचो माटो खान्छु
Monday, February 21, 2011
तिमी
तिमी पागल भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ भरमा बाँचिरहेको छु
तिमी घायल भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ पिडामा हाँसिरहेको छु
तिमी करुप भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ सन्दरतामा अझिरहेको छु
तिमी बलात्कृत भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ निम्ती यौवन जोगाइरहेको छु
तिमी पागल भएकी छौ
तिमी घायल भएकी छौ
तिमी करुप भएकी छौ
तिमी बलात्कृत भएकी छौ
तिमी
तिमी ए! राष्ट्रियता
सवाङ्घ नाङगो भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ भरमा बाँचिरहेको छु
तिमी घायल भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ पिडामा हाँसिरहेको छु
तिमी करुप भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ सन्दरतामा अझिरहेको छु
तिमी बलात्कृत भएकी छौ
अहँ म मान्दिन
किनकी
म तिम्रौ निम्ती यौवन जोगाइरहेको छु
तिमी पागल भएकी छौ
तिमी घायल भएकी छौ
तिमी करुप भएकी छौ
तिमी बलात्कृत भएकी छौ
तिमी
तिमी ए! राष्ट्रियता
सवाङ्घ नाङगो भएकी छौ
Friday, November 26, 2010
आज बोका काट्नै पर्छ
चैते हुरिको साथमा
मैले धुलोका कणहरु देखिरहेछु
धुलोहरुमा मैले
बारुदको स्वाद पाइरहेछु
हुरीमा मैले
जनसंग्रामको धुन सुनिरहेछु
हुरी बेजोड बगिरहेछ
बन्द झ्यालहरु तोड्दै
खटप्वालहरुबाट पनि छिरिरहेछ
समानताको पाठ सिकाउदै
युकान्तकारी परिवर्तन छेड्ने तयारीमा छ ।
पोहोर साल
तिम्रो खोरको बोकाको कविता लेख्दा
तिमी बारुद पड्काएर
हुरीलाई तसा्रउने दुस्प्रयास गरिरहदा
मेरो पाखुरामा टोकेर
मेरै रगतले फूलेको
तिम्रो खोरको झिँगालाई
प्याट्ट हानेर मार्दा
मलाई अपराधिको ताज
पहराइदिएका थियौ ।
त्यो ताज
केही वर्ष सिँगारेर राखे
भर्खर मात्र खबर पाए
त्यो ताज आज हस्तान्तरण हुदै छ
तिम्रो झिँगाहरु र हुरीबिच सम्झौता भयो रे
झिँगाहरु हुरीमाझ नाचिरहने रे
त्यसैले महाशय
आज वृहद सभा छ
तिमी त प्रमुख अतिथी भइसक्यौ
तर भोका झिँगाहरु
बोका नै खाने पक्षमा छन्
हुरीको हुकुम
आज बोका लानै पर्छ
आज बोका काट्नैपर्छ
नत्र ठूलो प्रलय हुन सक्छ
तिम्रो खोरका कण-कणमा
बारुदले मितेरी गाँस्न सक्छ
बारुद गनाउने पखेटा टक्टकाउदै
तिम्रो खोरका झिँगाहरु
तिम्रो बोकाको प्रतिक्षामा छन्
त्यसैले-
आज बोका लानैपर्छ
आज मैले तिनीहरुलाई
बोका खुवाउनैपर्छ ।
मैले धुलोका कणहरु देखिरहेछु
धुलोहरुमा मैले
बारुदको स्वाद पाइरहेछु
हुरीमा मैले
जनसंग्रामको धुन सुनिरहेछु
हुरी बेजोड बगिरहेछ
बन्द झ्यालहरु तोड्दै
खटप्वालहरुबाट पनि छिरिरहेछ
समानताको पाठ सिकाउदै
युकान्तकारी परिवर्तन छेड्ने तयारीमा छ ।
पोहोर साल
तिम्रो खोरको बोकाको कविता लेख्दा
तिमी बारुद पड्काएर
हुरीलाई तसा्रउने दुस्प्रयास गरिरहदा
मेरो पाखुरामा टोकेर
मेरै रगतले फूलेको
तिम्रो खोरको झिँगालाई
प्याट्ट हानेर मार्दा
मलाई अपराधिको ताज
पहराइदिएका थियौ ।
त्यो ताज
केही वर्ष सिँगारेर राखे
भर्खर मात्र खबर पाए
त्यो ताज आज हस्तान्तरण हुदै छ
तिम्रो झिँगाहरु र हुरीबिच सम्झौता भयो रे
झिँगाहरु हुरीमाझ नाचिरहने रे
त्यसैले महाशय
आज वृहद सभा छ
तिमी त प्रमुख अतिथी भइसक्यौ
तर भोका झिँगाहरु
बोका नै खाने पक्षमा छन्
हुरीको हुकुम
आज बोका लानै पर्छ
आज बोका काट्नैपर्छ
नत्र ठूलो प्रलय हुन सक्छ
तिम्रो खोरका कण-कणमा
बारुदले मितेरी गाँस्न सक्छ
बारुद गनाउने पखेटा टक्टकाउदै
तिम्रो खोरका झिँगाहरु
तिम्रो बोकाको प्रतिक्षामा छन्
त्यसैले-
आज बोका लानैपर्छ
आज मैले तिनीहरुलाई
बोका खुवाउनैपर्छ ।
Sunday, February 28, 2010
घडी
फनफनी घुमीरहेछौ
घडीका तीन सुई
म मोटो
त्यसैले अडिक छु
जनताको हितमा
तिमी मझैलो
कहिले यता-कहिले उता
नाचीरहन्छौ
प्याण्डुलम झै
उ साह्रै दुब्लो
बिचरा आफै असक्त छ
त्यसैले बुइ चढ्दै छ
मझैलाहरुको
उकुसमुकुस हुदै
निचोरीदै ।
हामी तीन
मान्न तीन
तीन
तीन एक भयौं
सबैले बुझे
मध्यदिन भयो
रातो लालीमा
माथी चढ्यो र
खुल्ला आकासहरुमा
बिस्कुन झै फिजीदै थ्यो त्यो ।
फेरी
तीन एक भयौं
सबै मस्त सुतिरहे
मध्यरात भयो
तिमीहरु
बिस्तारै सल्बलायौ
घँटिहरुमा एन्टीना झुन्डाउँदै
बिस्तारै पस्यौ
आफ्नै खाटमनीका
अन्धकार गुफाहरुमा
राष्द्रवादी मुकुट टल्काउँदै
आफ्नै ह्रदयभित्रको
धड्कनहरु चोर्नलाई
फेरी घुम्दै
तीन एक भयौं
तिमीहरु मस्त सुतिरहयौ
आकास कालाम्य भयो
राष्ट साघुरीदै आयो
म मसाल बालेर
तिम्रा मसिेतष्क भित्रका
अन्धकार चिर्दै
एन्टीनाहरु जलाउँदै आएँ
अब आकास
एक्काएक चम्किदै छ
राष्द्र दशगजातीर फैलिदै छ ।
घडीका तीन सुई
म मोटो
त्यसैले अडिक छु
जनताको हितमा
तिमी मझैलो
कहिले यता-कहिले उता
नाचीरहन्छौ
प्याण्डुलम झै
उ साह्रै दुब्लो
बिचरा आफै असक्त छ
त्यसैले बुइ चढ्दै छ
मझैलाहरुको
उकुसमुकुस हुदै
निचोरीदै ।
हामी तीन
मान्न तीन
तीन
तीन एक भयौं
सबैले बुझे
मध्यदिन भयो
रातो लालीमा
माथी चढ्यो र
खुल्ला आकासहरुमा
बिस्कुन झै फिजीदै थ्यो त्यो ।
फेरी
तीन एक भयौं
सबै मस्त सुतिरहे
मध्यरात भयो
तिमीहरु
बिस्तारै सल्बलायौ
घँटिहरुमा एन्टीना झुन्डाउँदै
बिस्तारै पस्यौ
आफ्नै खाटमनीका
अन्धकार गुफाहरुमा
राष्द्रवादी मुकुट टल्काउँदै
आफ्नै ह्रदयभित्रको
धड्कनहरु चोर्नलाई
फेरी घुम्दै
तीन एक भयौं
तिमीहरु मस्त सुतिरहयौ
आकास कालाम्य भयो
राष्ट साघुरीदै आयो
म मसाल बालेर
तिम्रा मसिेतष्क भित्रका
अन्धकार चिर्दै
एन्टीनाहरु जलाउँदै आएँ
अब आकास
एक्काएक चम्किदै छ
राष्द्र दशगजातीर फैलिदै छ ।
Monday, November 23, 2009
मेरो प्रतिज्ञा
मध्यदिनमा जब तिमी
निर्लज्ज सवालहरु गछ्र्यौ
म बिस्तारै
तिम्रा हत्केलाहरु सुम्सुमाउँछु
कारण :
तिमीले भुलिसकेको
मेरो वर्तमान
अन्धकारलाई चिरेर हिडेको
एउटा सानो आगोको झिल्को
आज राँको बनेर सल्कदैछ
मेरो प्रतिज्ञा
त्यहि राँकोमा म आज
आफ्ना कुपुत्रहरुलाई डढाउन चाहन्छु ।
उत्तरहिन प्रश्नका सवालहरुमा
तिमी जहिलेपनि
आफ्नै ईश्वरलाई जोड्छ्यौ
ईश्वर :
म मान्दिन तिनका
नौटङ्की चटकहरु
मैले कैयौ बुँद पसिनाका दानाहरु
तिनैको आकृतिमा चढाईसकेको छु
तापनि
म तिनैको भाषामा
अछुत भएर बाचिरहेको छु
मेरो प्रतिज्ञा
म तिम्रो ईश्वरका मुखहरुमा
आगोको मुस्लो कोच्नेछु
र हेरिरहनेछु
तिम्रो ईश्वर आफ्नालागी
के चाहि गर्दा रहेछन् ।
इतिहासको साक्षि भन्दै
तिमी समयलाई थम्याउछ्यौ
समय,
रगतको प्याला पिउन पल्केको समय
मेरो समिपमा बुख्याचा बनेर आउछ
र धमनीहरुमा पौडि खेल्दै
मस्तिष्कमा विष्फोट गराउछ
मेरो प्रतिज्ञा
यी हत्यारा समयहरुलाई
म सेतो परेवा बनेर ठूँगीरहनेछु
तिमी हेरिरहनु
निरन्तर...। निरन्तर...॥
निर्लज्ज सवालहरु गछ्र्यौ
म बिस्तारै
तिम्रा हत्केलाहरु सुम्सुमाउँछु
कारण :
तिमीले भुलिसकेको
मेरो वर्तमान
अन्धकारलाई चिरेर हिडेको
एउटा सानो आगोको झिल्को
आज राँको बनेर सल्कदैछ
मेरो प्रतिज्ञा
त्यहि राँकोमा म आज
आफ्ना कुपुत्रहरुलाई डढाउन चाहन्छु ।
उत्तरहिन प्रश्नका सवालहरुमा
तिमी जहिलेपनि
आफ्नै ईश्वरलाई जोड्छ्यौ
ईश्वर :
म मान्दिन तिनका
नौटङ्की चटकहरु
मैले कैयौ बुँद पसिनाका दानाहरु
तिनैको आकृतिमा चढाईसकेको छु
तापनि
म तिनैको भाषामा
अछुत भएर बाचिरहेको छु
मेरो प्रतिज्ञा
म तिम्रो ईश्वरका मुखहरुमा
आगोको मुस्लो कोच्नेछु
र हेरिरहनेछु
तिम्रो ईश्वर आफ्नालागी
के चाहि गर्दा रहेछन् ।
इतिहासको साक्षि भन्दै
तिमी समयलाई थम्याउछ्यौ
समय,
रगतको प्याला पिउन पल्केको समय
मेरो समिपमा बुख्याचा बनेर आउछ
र धमनीहरुमा पौडि खेल्दै
मस्तिष्कमा विष्फोट गराउछ
मेरो प्रतिज्ञा
यी हत्यारा समयहरुलाई
म सेतो परेवा बनेर ठूँगीरहनेछु
तिमी हेरिरहनु
निरन्तर...। निरन्तर...॥
Wednesday, November 11, 2009
सडकमा गुड्न खोज्ने कुकुरहरु
नमस्कार
नमस्कार भन्दै भुक्ने कुकुरहरु
एक्कासी
गडगडाउदो खहरेको भेलसँगै
सडकमा गुड्न खोज्दा
गुड्न कँहा पाँउदो रहेछ र
मान्छेको मासु चपाउदै
वियर र ह्वीस्कीको प्यालासँग
लडबडाउनेहरु आज
पिँध खिइएको डुङ्गा बोकेर
भेलसँग लडबडाउन विवश छन्
जीउनुका सार नभएका ती कुकुरहरु
स्वच्छ पानी देखेर
डराउन थालेछन्
हो
नपत्याए सोध्नुहोस्
फलामको चिउरा चपाउन बाध्य
त्यो ब्वासोलाई
असरल्ल आफ्नो चिडिया घर
कुरीरहेछ
अझैपनि ति कुकुरहरु
बाघको छाला ओढेर
समानता र सत्भावको मागपत्र प्रस्तुत गर्दै
विदेशी कुकुरहरुको सभ्यता सँगै
हिड्न विवश छन्
सडकमा गुड्न चाहने कुकुरहरु ।
नमस्कार भन्दै भुक्ने कुकुरहरु
एक्कासी
गडगडाउदो खहरेको भेलसँगै
सडकमा गुड्न खोज्दा
गुड्न कँहा पाँउदो रहेछ र
मान्छेको मासु चपाउदै
वियर र ह्वीस्कीको प्यालासँग
लडबडाउनेहरु आज
पिँध खिइएको डुङ्गा बोकेर
भेलसँग लडबडाउन विवश छन्
जीउनुका सार नभएका ती कुकुरहरु
स्वच्छ पानी देखेर
डराउन थालेछन्
हो
नपत्याए सोध्नुहोस्
फलामको चिउरा चपाउन बाध्य
त्यो ब्वासोलाई
असरल्ल आफ्नो चिडिया घर
कुरीरहेछ
अझैपनि ति कुकुरहरु
बाघको छाला ओढेर
समानता र सत्भावको मागपत्र प्रस्तुत गर्दै
विदेशी कुकुरहरुको सभ्यता सँगै
हिड्न विवश छन्
सडकमा गुड्न चाहने कुकुरहरु ।
Saturday, June 20, 2009
फरक
भमराहरु फुल चुस्न
तिज उघारदै उडछन्
किराहरु फुल कुहाउन
अन्तराष्टिय कोठीहरमा पुग्दछन्
फरक
भमराहरु क्षितिज चुम्दै
नवयुग जन्माउदै जान्छन्
किराहरु फुल कुहिसक्दा
आफै मरेर जान्छन् ।
तिज उघारदै उडछन्
किराहरु फुल कुहाउन
अन्तराष्टिय कोठीहरमा पुग्दछन्
फरक
भमराहरु क्षितिज चुम्दै
नवयुग जन्माउदै जान्छन्
किराहरु फुल कुहिसक्दा
आफै मरेर जान्छन् ।
Monday, May 25, 2009
दुष्प्रयास
भविष्य निक्र्यौल गरिएको त्यो बखत
मौन बस्नु नै उपयुक्त ठानिएको त्यो पल
सुकेर पत्तासाफ हुन लागेको
अवतार मान्दै वर पिपलको रुखलाई
मलजल गर्नुको निरार्थ सभ्यता
र
कान बुजेर मस्त निदाइरहेका
भोका जनताहरुसामु
जरा कुहाउने षड्यन्त्रको नारा बोक्नु
आफ्नो संस्कृतिको संरक्षण गर्ने
दुष्प्रयास होइन र
आफ्नो मगजमा खीर पकाइसकेका
तमाम जनसमुदायसामु
खीर भन्दै भात खुवाउनुको कुनै अर्थ पाउँदिन म
जनता भात खान सक्छ
खीर खुवाउन सक्छ
तर
खीर भन्दै भात कदापी खान सक्दैन ।
मौन बस्नु नै उपयुक्त ठानिएको त्यो पल
सुकेर पत्तासाफ हुन लागेको
अवतार मान्दै वर पिपलको रुखलाई
मलजल गर्नुको निरार्थ सभ्यता
र
कान बुजेर मस्त निदाइरहेका
भोका जनताहरुसामु
जरा कुहाउने षड्यन्त्रको नारा बोक्नु
आफ्नो संस्कृतिको संरक्षण गर्ने
दुष्प्रयास होइन र
आफ्नो मगजमा खीर पकाइसकेका
तमाम जनसमुदायसामु
खीर भन्दै भात खुवाउनुको कुनै अर्थ पाउँदिन म
जनता भात खान सक्छ
खीर खुवाउन सक्छ
तर
खीर भन्दै भात कदापी खान सक्दैन ।
यो त मात्र सुरुवात हो
झरी तिमी नआउनु अब
वर्षा अब वर्षाउनु छैन
तिम्रो प्रतिरोधमा
यी हत्केला काफी छन्
यो मेरो वाचा हो
अव प्रत्यक घरमा मुल फुट्नेछ हेर
सुनैलो बिहानीको सुख शान्तिको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
सिद्धान्तका ठेलीहरु
मात्र जोडेर के गछौ अव
यो त गर्नेको युग हो
तिमी टायरको धुवामा रमाउँदै गर
गर्नेहरु लम्कदैछन विजयपथतिर
यो कुनै दिवा सपना होइन
प्रत्यक घरमा चुलो बल्नेछ
स्वअस्तित्वको समानताको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
फोहरीतन्त्र कुम्लो कस
थोत्रा कुर्सी काम छैन
ति कुर्सीमा लाहाछाप लागे
त्यस्ता कुर्सी घरघरमा बने
यो त जनयथात हो
अव जनता तातिसके
युगको निर्माण थालिसके
होस्टेमा हैसे गदै,आँट र साहसको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो ।
वर्षा अब वर्षाउनु छैन
तिम्रो प्रतिरोधमा
यी हत्केला काफी छन्
यो मेरो वाचा हो
अव प्रत्यक घरमा मुल फुट्नेछ हेर
सुनैलो बिहानीको सुख शान्तिको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
सिद्धान्तका ठेलीहरु
मात्र जोडेर के गछौ अव
यो त गर्नेको युग हो
तिमी टायरको धुवामा रमाउँदै गर
गर्नेहरु लम्कदैछन विजयपथतिर
यो कुनै दिवा सपना होइन
प्रत्यक घरमा चुलो बल्नेछ
स्वअस्तित्वको समानताको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
फोहरीतन्त्र कुम्लो कस
थोत्रा कुर्सी काम छैन
ति कुर्सीमा लाहाछाप लागे
त्यस्ता कुर्सी घरघरमा बने
यो त जनयथात हो
अव जनता तातिसके
युगको निर्माण थालिसके
होस्टेमा हैसे गदै,आँट र साहसको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो ।
Subscribe to:
Posts (Atom)