Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Thursday, December 31, 2009

अज्ञान

एउटा सानो देश त्यसको विकट क्षेत्र अनी त्यहा बस्ने दुखी शोसीत र अनभिज्ञ मानिसहरु । यस्तै मानिसहरुको प्रतिनीधि पात्र हुन हरिमाया । करीब करीब तिन बीस उमेर भएकी हरिमायाको एक्लो छोरो ज्ञानबहादुर । दुर्गम क्षेत्र भएकाले समाचारको स्रोत भनेको रेडियो नै थियो तर पनि सहरबाट कोहि गाउ गएको बेला पत्रिका लिएर जाने गर्दथे । एकदिन पल्लो घरको रामेले सहरबाट पत्रिका लिएर गएको रहेछ । त्यस पत्रिकामा ज्ञानबहादुरको फोटो छापिएको थियो बुढि हरिमाया खुसी हुन्छिन आफनो छोरोको फोटो छापिएको देखेर गाउका सबैलाई देखाउछिन र त्यो फोटोलाई आफनो सुत्ने कोठामा टाँसेर राख्छिन् । तर अज्ञान ति बुढी आमालाई के थाहा आफनो छोरो दोहोरो भिडन्तमा परेर सहिद भएको कुरा । जब समाचारमा आफनो छोरा मारिएको खबर सुन्छिन उनी छाँगाबाट खसेजस्ती हुन्छिन । रुन कराउन थाल्छिन एक्लो छोरो मरेकि हरिमाया अचेत हुन्छिन ।

Wednesday, November 11, 2009

म आज बोल्छु

म आज बोल्छु कराउँछु चिच्चाउँछु………………………… यस्तै यस्तै आवाज सुनिरहेको थिएँ ।आवाज कसको हो ठम्याउन मुस्किल परिरहेको थियो ।ठूलो महलबाट सुनेको आवाज भएकाले ठम्याउन मुस्किल परेको हो ।sुन किसिमको अभाव हुदैन भन्ने सोचाइको बिरुद्ध थियो सायद ।बाल शोसण अत्यचार र खानपीनको अभाव महलमा काम गर्नेहरुको पर्याय नै हुन् यस्ता अभावहरुले जन्माएको आवाज पक्कै होइन मनमनै गुन्दछु। अवाज झनझन चर्काे सुनिदै थियो आकाश गुाजयमान थियो हत्यारा अत्यचारी………। ………॥ खै के के हुन् के के ।समस्या पुरानै थियो फरक समस्या गुाजयमान थियो । गुाजयमान यस अर्थले कि खुल्ला ह्दयले सबैलाई सुनाइरहेका थिए । धेरैले सुने थोरैले बुझे शायद कमैले गुने होला त्यो कुरा । जे होस् विदेशी हस्तक्षेप निरार्थ देखिएको त्यो बखत मौन बस्नु नै उचित ठान्दै त्यहाँको कहानी सुनीनै रहे । आवाज त झन् बेजोड भयो लाग्दथ्यो बिलाशीताका महल तोडिदैछन् । बेलाबेलामा चिहाउछु तस्बिर त्यति प्रस्ट देखिदैनथ्यो तस्बिरको निहुमा नजिक जाने अवसर पाउथ्ये । अवसर पाउनु ठूलो कुरा होइन उपभोग गर्नु ठूलो कुरा हो भने विचार बोकेकाले नै होला् बिनासंकोच अघि बद्ढछु । तर अहिले सोच्न विवश भएको छु । ती महलहरु तोडिए भने …………………… महलका फोहोर भित्रनिसा सिन विवश हुने त होइन …………………… जे होस् पाएका अवसरहरु गुम्न दिने छैन ।