भमराहरु फुल चुस्न
तिज उघारदै उडछन्
किराहरु फुल कुहाउन
अन्तराष्टिय कोठीहरमा पुग्दछन्
फरक
भमराहरु क्षितिज चुम्दै
नवयुग जन्माउदै जान्छन्
किराहरु फुल कुहिसक्दा
आफै मरेर जान्छन् ।
Saturday, June 20, 2009
Monday, May 25, 2009
दुष्प्रयास
भविष्य निक्र्यौल गरिएको त्यो बखत
मौन बस्नु नै उपयुक्त ठानिएको त्यो पल
सुकेर पत्तासाफ हुन लागेको
अवतार मान्दै वर पिपलको रुखलाई
मलजल गर्नुको निरार्थ सभ्यता
र
कान बुजेर मस्त निदाइरहेका
भोका जनताहरुसामु
जरा कुहाउने षड्यन्त्रको नारा बोक्नु
आफ्नो संस्कृतिको संरक्षण गर्ने
दुष्प्रयास होइन र
आफ्नो मगजमा खीर पकाइसकेका
तमाम जनसमुदायसामु
खीर भन्दै भात खुवाउनुको कुनै अर्थ पाउँदिन म
जनता भात खान सक्छ
खीर खुवाउन सक्छ
तर
खीर भन्दै भात कदापी खान सक्दैन ।
मौन बस्नु नै उपयुक्त ठानिएको त्यो पल
सुकेर पत्तासाफ हुन लागेको
अवतार मान्दै वर पिपलको रुखलाई
मलजल गर्नुको निरार्थ सभ्यता
र
कान बुजेर मस्त निदाइरहेका
भोका जनताहरुसामु
जरा कुहाउने षड्यन्त्रको नारा बोक्नु
आफ्नो संस्कृतिको संरक्षण गर्ने
दुष्प्रयास होइन र
आफ्नो मगजमा खीर पकाइसकेका
तमाम जनसमुदायसामु
खीर भन्दै भात खुवाउनुको कुनै अर्थ पाउँदिन म
जनता भात खान सक्छ
खीर खुवाउन सक्छ
तर
खीर भन्दै भात कदापी खान सक्दैन ।
यो त मात्र सुरुवात हो
झरी तिमी नआउनु अब
वर्षा अब वर्षाउनु छैन
तिम्रो प्रतिरोधमा
यी हत्केला काफी छन्
यो मेरो वाचा हो
अव प्रत्यक घरमा मुल फुट्नेछ हेर
सुनैलो बिहानीको सुख शान्तिको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
सिद्धान्तका ठेलीहरु
मात्र जोडेर के गछौ अव
यो त गर्नेको युग हो
तिमी टायरको धुवामा रमाउँदै गर
गर्नेहरु लम्कदैछन विजयपथतिर
यो कुनै दिवा सपना होइन
प्रत्यक घरमा चुलो बल्नेछ
स्वअस्तित्वको समानताको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
फोहरीतन्त्र कुम्लो कस
थोत्रा कुर्सी काम छैन
ति कुर्सीमा लाहाछाप लागे
त्यस्ता कुर्सी घरघरमा बने
यो त जनयथात हो
अव जनता तातिसके
युगको निर्माण थालिसके
होस्टेमा हैसे गदै,आँट र साहसको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो ।
वर्षा अब वर्षाउनु छैन
तिम्रो प्रतिरोधमा
यी हत्केला काफी छन्
यो मेरो वाचा हो
अव प्रत्यक घरमा मुल फुट्नेछ हेर
सुनैलो बिहानीको सुख शान्तिको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
सिद्धान्तका ठेलीहरु
मात्र जोडेर के गछौ अव
यो त गर्नेको युग हो
तिमी टायरको धुवामा रमाउँदै गर
गर्नेहरु लम्कदैछन विजयपथतिर
यो कुनै दिवा सपना होइन
प्रत्यक घरमा चुलो बल्नेछ
स्वअस्तित्वको समानताको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो
फोहरीतन्त्र कुम्लो कस
थोत्रा कुर्सी काम छैन
ति कुर्सीमा लाहाछाप लागे
त्यस्ता कुर्सी घरघरमा बने
यो त जनयथात हो
अव जनता तातिसके
युगको निर्माण थालिसके
होस्टेमा हैसे गदै,आँट र साहसको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो ।
Subscribe to:
Posts (Atom)