Wednesday, January 8, 2014

आश्चर्य रंगमंच

पृथ्वी को मध्ये भागबाट
कालो झन्डा फर्फरौदै
आवाज गुन्जायमान भयो
मुर्दाबाद !

पृथ्वी टक्क रोकिय झै भयो
गुडिरहेका गाडीहरु रोकिय
नेव्योर्क, पेरिस, लण्डन जस्ता सहरहरु
अस्तबेस्त भयो
काला जति हाँस्य
गरिब भनियक रमाए
भोका खान थाले
स्त्री जति बोल्न थाले
तर
ठिक तेही समय
नेपाली परिवेस चली नै रहयो
जस्ता को तेस्तै
नपुंसक रोबेर्ट को परिचय दिदै- सदन
बसन्त ऋतु को अत्तर छर्दै - बागमती
सामाजिक संस्कार सिकाउदै - घुस्पेट
युबा शक्ति को सदुपयोग गर्दै - बेरोजगार
................................
................................
एस्तै एस्तै
परिचय दिदै चिनियो
संसारकै आश्चर्य रंगमंच ।

No comments:

Post a Comment