Monday, May 25, 2009

यो त मात्र सुरुवात हो

झरी तिमी नआउनु अब
वर्षा अब वर्षाउनु छैन
तिम्रो प्रतिरोधमा
यी हत्केला काफी छन्
यो मेरो वाचा हो
अव प्रत्यक घरमा मुल फुट्नेछ हेर
सुनैलो बिहानीको सुख शान्तिको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो

सिद्धान्तका ठेलीहरु
मात्र जोडेर के गछौ अव
यो त गर्नेको युग हो
तिमी टायरको धुवामा रमाउँदै गर
गर्नेहरु लम्कदैछन विजयपथतिर
यो कुनै दिवा सपना होइन
प्रत्यक घरमा चुलो बल्नेछ
स्वअस्तित्वको समानताको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो

फोहरीतन्त्र कुम्लो कस
थोत्रा कुर्सी काम छैन
ति कुर्सीमा लाहाछाप लागे
त्यस्ता कुर्सी घरघरमा बने
यो त जनयथात हो
अव जनता तातिसके
युगको निर्माण थालिसके
होस्टेमा हैसे गदै,आँट र साहसको
तैपनी
सबथोक नठान न
यो त मात्र सुरुवात हो ।

No comments:

Post a Comment