Monday, May 25, 2009

दुष्प्रयास

भविष्य निक्र्यौल गरिएको त्यो बखत
मौन बस्नु नै उपयुक्त ठानिएको त्यो पल
सुकेर पत्तासाफ हुन लागेको
अवतार मान्दै वर पिपलको रुखलाई
मलजल गर्नुको निरार्थ सभ्यता

कान बुजेर मस्त निदाइरहेका
भोका जनताहरुसामु
जरा कुहाउने षड्यन्त्रको नारा बोक्नु
आफ्नो संस्कृतिको संरक्षण गर्ने
दुष्प्रयास होइन र

आफ्नो मगजमा खीर पकाइसकेका
तमाम जनसमुदायसामु
खीर भन्दै भात खुवाउनुको कुनै अर्थ पाउँदिन म
जनता भात खान सक्छ
खीर खुवाउन सक्छ
तर
खीर भन्दै भात कदापी खान सक्दैन ।

3 comments:

  1. हो,
    खीर भन्दै भात ख्वाउनु शतप्रतिशत दुष्प्रयास हो
    तर,
    यो कविता चाहि राम्रो प्रयास हो ।

    ReplyDelete
  2. दृश्य जी, तपाईको प्रसंसा गर्न लाएक कविता मध्धेको एक…

    ReplyDelete