Friday, May 6, 2011

रुपशिखा

एकहातमा सगुन
अर्कोमा संसार जित्ने आत्मविश्वास
ए रुपशिखा मेरी रुपशिखा
यो काकाकुल बस्ति हो
पिरतीको मिठो सुगन्धा
सुस्म अति सुस्म
कठोर अति कठोर
हृदय पगाल्ने साहस गर्दछ
रुपशिखा
हो म काँचो माटो खान्छु
तिमी पकाएर खान्छौ सायद
तर कुनै भिन्नता छैन
तिम्रो सुन्दरता
तिम्रो रुप
रुपशिखा
मेरो हृदय
तिम्रो हृदयको लिलामि लिन तमतयार छ
रुपशिखा
तिम्रो हृदयको लिलामि लिन
न कुनै जंगेको तरवार खोस्नु पर्छ
न त कुनै गान्धीका सभ्यताहरुमा लट्पटीनु पर्छ
रुपशिखा
हो
हिट्लरका अस्तुहरु भेटिने
म काँचो माटो खान्छु

No comments:

Post a Comment