Wednesday, November 11, 2009

सडकमा गुड्न खोज्ने कुकुरहरु

नमस्कार
नमस्कार भन्दै भुक्ने कुकुरहरु
एक्कासी
गडगडाउदो खहरेको भेलसँगै
सडकमा गुड्न खोज्दा
गुड्न कँहा पाँउदो रहेछ र
मान्छेको मासु चपाउदै
वियर र ह्वीस्कीको प्यालासँग
लडबडाउनेहरु आज
पिँध खिइएको डुङ्गा बोकेर
भेलसँग लडबडाउन विवश छन्
जीउनुका सार नभएका ती कुकुरहरु
स्वच्छ पानी देखेर
डराउन थालेछन्
हो
नपत्याए सोध्नुहोस्
फलामको चिउरा चपाउन बाध्य
त्यो ब्वासोलाई
असरल्ल आफ्नो चिडिया घर
कुरीरहेछ
अझैपनि ति कुकुरहरु
बाघको छाला ओढेर
समानता र सत्भावको मागपत्र प्रस्तुत गर्दै
विदेशी कुकुरहरुको सभ्यता सँगै
हिड्न विवश छन्
सडकमा गुड्न चाहने कुकुरहरु ।

No comments:

Post a Comment